• गृहपृष्ठ
  • थप २६५ जनामा कोरोना सङ्क्रमण,३५७ जना डिस्चार्ज, दुई को मृत्यु

थप २६५ जनामा कोरोना सङ्क्रमण,३५७ जना डिस्चार्ज, दुई को मृत्यु

Dec 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, मंसिर २०

सोमबार थप २६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा आठ हजार ६१७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ८३० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट आठ हजार ६१७ जनाको परीक्षण भएको छ । हालसम्म ४६ लाख ६९ हजार ७९४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ३५७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३५७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख चार हजार ९०१ पुगेको छ ।

थप दुई को मृत्यु

पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५४३ पुगेको छ।