• गृहपृष्ठ
  • फोटोनका स्कुल भ्यानमा छन् यस्ता आकर्षक फिचर

फोटोनका स्कुल भ्यानमा छन् यस्ता आकर्षक फिचर

Dec 6th, 2021

काठमाडौ, मंसिर २०
फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको लग्जरी श्रेणीको १५, १६ र १९ सिटर स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ । क्ष्क्ँ द्द.ड क्युमिंस जडित ईञ्जिन भएको स्कुल भ्यानमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो स्कुल भ्यान सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ । विद्यार्थीलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको स्कुल भ्यानमा विशेष प्रकारको सुविधा रहेका छन् साथै बिद्यालय र विद्यार्थीको सुविधालाइ ध्यानमा राखेर अन्य एसेसोरिज पनि थप्न सकिने कम्पनिले जनाएको छ ।

आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा ब्ऋ भेन्ट र सिट बेल्ट रहेको छ । भ्यानमा आरामदायी सेमि रिक्लाइनिङ सिट रहेकाछन् भने सुरक्षालाइ ध्यानमा राख्दै एयर ब्याग पनि रहेको छ । भ्यानमा सामान राख्नको लागि पर्याप्त ठाँउको साथै व्याग समेत राखेर आरामसगँ बस्न मिल्ने व्यबस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालभर १० वटा भन्दा बढी सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।