• गृहपृष्ठ
  • ऋषि खड्काको ‘फुर्के रिबन’मा पुष्प र मिनाको रोमान्स (भिडियो)

ऋषि खड्काको ‘फुर्के रिबन’मा पुष्प र मिनाको रोमान्स (भिडियो)

Dec 6th, 2021

काठमाडौ, मंसिर २०
गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ । गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषि खड्का र मिना कार्कीको नयाँ सागीतिक कोसेली ‘फुर्के रिबन’ श्रोता दर्शक माझ लिएर आएका छन्। नेत्र अर्यालको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा ऋषि खड्का गायक आफैले संगीत भरेका छन् भने श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन्।

बिक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा पुष्प खड्का र मिना कार्कीको अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् । प्रकाश खड्काले छायांकन गरेका हुन् भने भिडियोमा कैद दृश्य उपत्यका र नेपालको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । ‘फुर्के रिबन’ बोलको गीत गायक ऋषि खड्काको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।