• गृहपृष्ठ
  • कांग्रेस महाधिवेशनः ६ वटा प्रदेशमा चुनियो कार्यसमिति, कहाँ कसको नेत्तृत्व ?

कांग्रेस महाधिवेशनः ६ वटा प्रदेशमा चुनियो कार्यसमिति, कहाँ कसको नेत्तृत्व ?

Dec 6th, 2021

आधारभूमि संवाददाता

काठमाडौ २० मंसिर

नेपाली कांग्रेसले ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति तयार गरेको छ। प्रदेश नम्बर २ मा भने अधिवेशन हुन सकेको छैन ।

प्रदेश नम्बर २ मा भने निर्वाचनको प्रक्रिया नै अगाडि बढेको छैन। केही जिल्लामा वडा र पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रकै अधिवेशन नसकिएकोले प्रदेश अधिवेशन अगाडि नबढेको हो।

आसन्न मशाधिवेशनको तयारी गरिरहेको कांग्रेसले विधान संशोधन गरेर संघीय संरचनामा अनुरुप पार्टीलाई रुपान्तरण गरेको छ ।

हालै सम्पन्न निर्वाचनबाट प्रदेश नम्बर १ मा उद्धव थापा प्रदेश सभापति चुनिएका छन्। उनले केन्द्रीय सदस्य गुरूराज घिमिरेलाई २ मतले पछि पार्दै सभापतीमा चुनिए । थापाले ८४४ मत ल्याएका थिए। अर्का उम्मेदवार गुरूराज घिमिरेले ८४२ मत ल्याए।

यसैगरी उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भए भने महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भएका छन्। त्यस्तै सहमहामन्त्रीमा प्रमिला गच्छदार, खङ्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन्।

बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बागमती प्रदेश संसदीय दलका नेता बानियाँ सभापति शेरबहादुर देउवानिकट हुन्।

उनले नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी लाई हराउँदै बानियाँले १०८५ मत ल्याएर निर्वाचित भए भने केसीले जम्मा ९२७ मत पाएका थिए।

यता गण्डकी प्रदेशको सभापतिमा कास्कीका नेता शुक्रराज शर्मा निर्वाचित भएका छन् । शर्माले ६१२ मतसहित सभापति जितेका थिए। उनले अर्जुन जोशीलाई पराजित गरे । शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्।

यसैगरी गण्डककिो उपसभापतिमा कल्पना तिवारी र गण्डकीका सामाजिक विकास मन्त्रीस मेखलाल श्रेष्ठ निर्वाचित भएका छन्। साथै महामन्त्रीमा किरणबाबु श्रेष्ठले र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट रोल्पाका अमरसिंह पुन मगर प्रदेश सभापति निर्वाचित भएका छन्। रोल्पा कांग्रेस सभापति मगरले ८५२ मत ल्याएर सभापति निर्वाचित भए भने सभापतिका अर्का प्रतिस्पर्धी भरतकुमार शाहले ७६७ मत ल्याएर पराजित भए।

त्यस्तै उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले र राजु खनाल निर्वाचित भए। महामन्त्रीमा पौडेल विक्रम खनाल र सुरेन्द्रराज आचार्य सहमहामन्त्रीमा निमा गिरी , बिष्णु खनाल मुस्कान र खगराज पाण्डे मत ल्याएर निर्वाचित भएका छन्।

यसैगरी कर्णाली प्रदेशमा देउवा पक्षबाट देउवा पक्षका ललितजंगले ४२२ मत ल्याएर सभापति बनेका छन् । उनका प्रतिद्धन्दी भूपेन्द्रजंगले ३१७ मत ल्याएर पराजित भए ।

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य बीरबहादुर बलायर सभापती बनेका छन् । बलायरले ६८८ मतसहित सभापति जितेका हुन् । उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी बिजयी भएका छन् । त्यस्तै महामन्त्रीमा मेघराज खड्का र नरनारायण शाह निर्वाचित भएका छन् ।