• गृहपृष्ठ
  • रितु अधिकारी ‘जलजला’ र सन्तोष कटवालको फिचरिङमा ‘चाँदनी रात’ सार्वजनिक (भिडियो सहित)

रितु अधिकारी ‘जलजला’ र सन्तोष कटवालको फिचरिङमा ‘चाँदनी रात’ सार्वजनिक (भिडियो सहित)

Dec 6th, 2021

काठमाडौ, मंसिर २०
गायिका रितु अधिकारी ‘जलजला’ को स्वरमा रहेको ‘चाँदनी रात’ गीत भिडियो सार्वजनिक गरिएको छ । सन्तोष कट्वालको शब्द रचना रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि विचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ ।

जसु याक्खाले निर्देशन गरेको भिडियोमा रितु अधिकारी ‘जलजला’ र सन्तोष कटवालले फिचर्ड छन् । दिनेश पराजुली ले छायाँकन गरेको गीतको भिडियोलाई अमृत चापागार्ईले सम्पादन गरेका हुन् । भिडियो स्वर्ण संगीत को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।