• गृहपृष्ठ
  • लेखिका श्रीमती भानुमती नरसिम्हनको “सीता–अ टेल अफ एन्सिएन्ट लभ स्टोरि” पुस्तक विमोचित

लेखिका श्रीमती भानुमती नरसिम्हनको “सीता–अ टेल अफ एन्सिएन्ट लभ स्टोरि” पुस्तक विमोचित

Dec 5th, 2021

काठमाडौ, मंसिर १९
लेखिका श्रीमती भानुमती नरसिम्हनको“सिताः अ टेल अफ एन्सिएन्ट लभ” पुस्तक विमोचन सम्पन्न भएको छ । आर्ट अफ लिभिङद्वारा शुक्रबार आयोजित एक सांगितिक साँझमा उक्त पुस्तक विमोचन गरिएको हो । लेखिकाको साथै वहाँँ मेडिटेसन टिचर,m इन्टरनेसनल वुमन्स कन्फरेन्स को डाइरेक्टर र आर्ट अफ लिभिङको वुमन वेल्फेयर र बाल संस्कार विभाग प्रमुख पनि हुनुहुन्छ । कार्यक्रममा नेपालको प्रथम महिला एवम् महिला अधिकारकर्मीडा. आरजु राणा देउवाको प्रमुख आतिथ्यता र सरकारी सेवाका उच्च पदाधिकारीहरु सहित २८० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागिहरुले लेखिकासँग सीताको जीवनीबाट सिक्न सकिने नेतृत्व क्षमता सम्बन्धि गहन छलफल गरेका थिए । लंकाको राजा रावणबाट अपहरित भएपछि अशोकवाटिकामा टहल्दै गर्दा सीताको आफ्नै विगतका सम्झनाहरुको संगालोले पाठकलाई अन्तिमसम्म नै तानेर राख्छ । विभिन्न प्रकाशित पुस्तक तथा उपन्यासहरु, धार्मिक ग्रन्थहरुका कहानीहरु/किस्साहरु एवम् पुस्तौँदेखि सुन्दै/सुनाउँदै आएको कहानीहरुलाई समेटेर पुस्तकमा लेखिकाले सरल रुपमा आफ्नो बुझाईहरु प्रस्तुत गर्नुभएको छ । यो पुस्तकमा प्रतिभा कुमारीको १६ वटा आकर्षक इलस्ट्रेटिव चित्रहरु पनि समावेश गरिएको छ ।

मिथिला क्षेत्रकि प्रिय राजकुमारी सीता भारतीय ईतिहासमा अत्यन्त सम्मानित नारी हुन्। उनको लोकप्रियताको बाबजुद पनि उनलाई कमैले मात्र बुझेका थिए । उनले सत्यलाई आत्मसात गर्दै जीवनको हरेक संघर्षलाई आदर्शको साथ स्विकारिन् । उनले जीवनमा धेरै त्याग गर्नुप¥यो तर उनी जहाँँ पुगिन् त्यहाँ कहिल्यै केही कुराको कमी भएन ।यस्तो लाग्थ्यो उनको जन्म रामकै निम्ती भएको थियो । हरेक परिस्थितिमा रामप्रति सीताको समर्पण र सीताप्रति रामको प्रेम छचल्किन्थ्यो ।

पुस्तकको बारेमा बोल्दै डा. आरजु राणा देउवाले भन्नुभयो,“महिला अधिकारकर्मीको हैसियतले मैले जहिले पनि सीताको सहनशील र शान्त व्यक्तित्व माथि प्रश्न उठाउने गर्दथेँ तर जब म बुझ्ने भएँ मैले महशुस गरेँ किउनको शान्त र सहनशील स्वभावमापनि बहादुरी थियो । आफुमाथि आइपरेको हरेक चुनौतीहरुलाई उनले साहस र बुद्धिमताको साथ सामना गरिन् । रावणजस्तो शक्तिशाली, धनी, पराक्रमी र बुद्धिमानले पनि उनको दृढता, सहनशीलता र साहसलाई जित्न सकेन । कलिलो उमेरमै उनले प्रदर्शन गरेको परिपक्वता र बुद्धिमत्ता सदैव उदाहरणीय छ ।”
यस पुस्तक पढ्ने जो कोहीले मानव अवतारमा भगवानको दर्शन पाउँछ ।पुस्तकले जनकपुरको पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
कथाशैलीको बारेमा लेखिकाले भन्नुभयो “सीताकोजीवनप्रतिको बुझाई जहिले पनि स्वार्थरहित, करुणामय र सत्यवादी थियो । उनको नजरबाट उनकै कथाहरु प्रस्तुत गर्न पाउनु गौरवको कुरा थियो । ज्ञानले मानिसलाई आफ्नो भित्री आत्मासँग जोड्छ। पानीको थोपा जब समुद्रसँग मिल्छ, यो पनि समुद्र नै हुन्छ। सीताले रामसँग मात्र हैन, आफ्नो माता सुनयना र पिता जनकसँग, आफ्नो बहिनी उर्मिलासँग र प्रकृतिसँग पनि नजिकको सम्बन्ध राखेकि थिइन् । उर्मिला पनि कथा पछाडिको उत्तिकै बलियो पात्र हुन् र उनको बहादुरी र सहनशीलता पनि प्रसंशनीय छ ।