• गृहपृष्ठ
  • ओमिक्रोन’ नेपाल भित्रन नदिने गरी तयारी थाल्न समितिको निर्देशन

ओमिक्रोन’ नेपाल भित्रन नदिने गरी तयारी थाल्न समितिको निर्देशन

Dec 5th, 2021

आधारभूमि संवाददाता

१९ मंसिर, काठमाडौं ।

शिक्षा तथा स्वास्थ्य समिति कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हालै देखिएको सो संक्रमण नेपाल भित्रन नदिन आवस्यक सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्नस्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा समक्ष निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् ।

कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्‍याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि सभापति घर्तीले मन्त्रालयलाई निर्देशन दिइन् ।