एकैदिन ४९ अंकले घट्यो नेप्से

Dec 2nd, 2021

काठमाडौं, मंसिर १६
नेप्से उच्च अंकले घटेको छ । आज बिहिबार नेप्से ४९ दसमलव चार अंकले घटेर २५ सय ८४ दसमलव ६१ अंकमा झर्दा सेन्सिटिभ पनि नौ दसमलव ४६ अंकले घटेर चार सय ८७ दसमलव २७ अंकमा झरेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ४७ हजार आठ सय ६४ पटकको कारोवारमा ७९ लाख ३२ हजार सात सय ३१ कित्ता सेयर किनेच भएको छ भने कारोवार रकम तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन । सो मध्ये १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव ८८ अंकले घटेर १७ सय ४५ दसमलव १४ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ६६ दसमलव ६५ अंकले घटेर २९ सय ५८ दसमलव ११ अंकमा झरेको छ । फाईनान्स समुहको सुचक पनि ९३ दसमलव ३७ अंकले घटेर २३ सय ८९ दसमलव ६४ अंकमा झरेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सामलिङ पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज महालक्ष्मी बिकास बैंक परेको छ ।