• गृहपृष्ठ
  • नक्कली बिल बुक बनाई चोरीको मोटरसाइकल चलाउने दुई जना पक्राउ

नक्कली बिल बुक बनाई चोरीको मोटरसाइकल चलाउने दुई जना पक्राउ

Dec 1st, 2021

काठमाडौ, मंसिर १५
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल चलाउने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
महाशाखाको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ –०२–०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकल बास्तविक नम्वर परिवर्तन गरी नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइरहेको अबस्थामा काभ्रे पाँचखाल ४ घर भई बालाजु बस्ने वर्ष ३० को दिलिप राई चालक र पछाडी सवार गोरखा पालुङटार – ९ बस्ने वर्ष २५ को नबीन कोईरालालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएकाछन ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर प्रदेश ३ –०२–०११ प ४४०४ रहेको खुल्न आएको पनि उहाँले बताउनुभयो । पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी कामनपा वडा नं. ३२ जडीवुटी बस्ने दुर्गा नारायण श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त,नयाँ बानेश्वरमा पठाइएको छ ।