• गृहपृष्ठ
  • दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

Dec 1st, 2021

काठमाडौं, मंसिर १५
काठमाडौं महानगरपालिका–९ एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छाला सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–२ घर भएका २८ वर्षीय बिशाल तामाङ, गोकर्णेश्वर नगरपालिका–३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–२ घर भएका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका–३ बस्ने चितवन राप्ती नगरपालिका–१ बस्ने ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।

काठमाडौं महानगरपालिका–९ एयरपोर्ट एरियामा केही व्यक्तिहरुले दुर्लभ चितुवाको छाला अबैध रुपमा विक्री वितरण गर्नको लागि लुकाई ल्याई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छाला सहित आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।