• गृहपृष्ठ
  • नेप्से बढ्यो ,नौ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए

नेप्से बढ्यो ,नौ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए

Dec 1st, 2021

काठमाडौं, मंसिर १५
अघिल्लो दिन घटेको नेप्से आज बुधबार बढेको छ । आज नेप्से पाँच दसमलव २८ अंकले बढेर २६ सय ३३ दसमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ८९ अंकले बढेर चार सय ९६ दसमलव ७४ अंकमा चढेको छ । दुई सय २३ वटा कम्पनीहरुको ३७ हजार पाँच सय ८५ पटकको कारोवारमा ५३ लाख १० हजार दुई सय १५ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम दुुई अर्ब ७४ करोड २० लाख ८५ हजार सात सय चार रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा नौ वटा समुहले कमाएपनि चार वटा समुहले भने गुमाएकाछन । ति मध्ये बाँँणिज्य बैंक समुहको सुचक एक दसमलव ६५ अंकले बढेर १७ सय ६३ दसमलव दुई अंकमा चढेको छ भने बिकास बैंक, जलबिद्युुत, फाईनान्स, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने २२ दसमलव २१ अंकले घटेर ११ हजार सात सय ५२ दसमलव २१ अंकमा झरेकोमा जीवन बीमा, होटल तथा पर्यटन र लघुुबित्त समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सामलिङ पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।