• गृहपृष्ठ
  • त्रिविका करार शिक्षकहरु आन्तरिक प्रतिस्पर्धामाफर्त स्थायी गरिनेछ : शिक्षामन्त्री

त्रिविका करार शिक्षकहरु आन्तरिक प्रतिस्पर्धामाफर्त स्थायी गरिनेछ : शिक्षामन्त्री

Dec 1st, 2021

काठमाडौं, मंसिर १५

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय सभाको साधरण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘करार शिक्षहरुको लागि आन्तिरक प्रतिस्पर्धामाफर्त स्थायी गरिनेछ’, उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धामा सफल हुन नसक्नेहरुको लागि राहतको व्यवस्था गरी अवकास दिने प्रक्रिया मिलाउँछु ।’

विश्वविद्यालयको सहकुलपति समेत रहनुभएका मन्त्री पौडेलले गुणस्तरीय शिक्षाका स्थापित मान्यतालाई आत्मसाथ गर्दै विश्वविद्यालयमा कार्यरत आंशिक तथा अन्य शिक्षक तथा कर्मचारीहरुको सेवाका शर्त र निवृतिभरणको सुविधाको सुनिश्चतता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शैािक्षक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडी बढन मन्त्री पौडेलले निर्देशन दिनुभयो । उच्च शिक्षालाई समय सापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्यनन अनुसन्धान नियमित पठनपाठन माफर्त पं्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले त्रिभुवन विश्वविद्लायले वर्षै पिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा ६ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको भन्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताउनुभयो ।वर्तमान युगसुहाउँदो जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई अझ प्रतिस्पर्धी बनाउन कार्यरत कर्मचारी एवम् प्राध्यापकहरुलाई निरन्तर सेवाकालीन तालिम दिएर क्षमता अभिवृद्धि गर्नेकाममा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।