• गृहपृष्ठ
  • किन प्यानिक भएर सेयर बेच्दैछन् सेयरलगानीकर्ता ?

किन प्यानिक भएर सेयर बेच्दैछन् सेयरलगानीकर्ता ?

Nov 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, मंसिर १३
राष्ट्र बैंकले सेयरबजार सुधार हुनेगरि कुनैपनि संबोधन नगरेपछि सेयरलगानीकर्ता प्यानिक भएर बसेका छन् । र यो अहिले उनिहरुले सेयर बेच्ने क्रम बढाएसँगै प्रष्ट बाहिर आएको छ।

मौद्रिक नीतिमा सेयरबजारलाई संबोधन गर्ने कुनै पनि नीतिगत व्यवस्थाहरु नआएपछि लगानीकर्ताहरुले प्यानिक भएर सेयर बेचेका छन् । जसका कारण बजार आइतबार ठूलो मात्रामा घटेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षा गर्दा लगानीकर्ताले निकै प्रतिक्षा गरेको ४/१२ करोडको नीति संशोधन नहुँदा सेयर बजारमा भारी गिरावट हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । धेरैले यसमा संसोधन हुने आशा गरेका थिए । तर, राष्ट्र बैंकले तत्कालका लागि यो आवश्यक नरहेको तर्क अघि सारेको छ ।

लगानीकर्ताले यो व्यवस्था संंशोधन गर्न गभर्नरका साथै अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेको थिए, तर राष्ट्र बैंकले यसमा तत्काल आवश्यक नरहेको भन्दै व्यवस्था यथावत राखेका छ।

आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा पुगेको छ। । २ सय ३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको सेयर किनबेच भएको छ ।

क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.१९ अंकले घटेर ५ सय १ दशमलव ४५ बिन्दुमा रोकिएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३४.९७, विकास बैंक २ सय ६७.०९, जलविद्युत १ सय ३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बीमा ३ सय ८५.९४, माइक्रोफाइनान्स १ सय ३९.४ र जीवन बीमा समूहको उपसूचक ५ सय ३८.०३ अंकले घटेको छ ।