एकै दिन ८० अंकले घट्यो नेप्से

Nov 28th, 2021

काठमाडौ, मंसिर १२
साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एकैपटक ८० अंकले घटेको छ । आज नेप्से ८० दसमलव २९ अंकले घटेर २६ सय ५१ दसमलव ४९ अंकमा झर्दा सेन्सिटिभ पनि १४ दसमलव १९ अंकले घटेर पाँच सय एक दसमलव ४५ अंकमा झरेको छ । दुई सय ३४ वटा कम्पनीहरुको ७० हजार आठ सय ४२ पटकको कारोवारमा करोड १९ लाख तीन हजार दुई सय दुई कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर सेयर बजार रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव ९७ अंकले घटेर १७ सय ७८ दसमलव ८२ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक एक सय ३२ दसमलव दुई अंकले घटेर तीन हजार पाँच दसमलव ७३ अंकमा पुुगेकोछ । बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज महालक्ष्मी बिकास बैैंक परेको छ ।