• गृहपृष्ठ
  • नेकका दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरुको भव्य विदाई

नेकका दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरुको भव्य विदाई

Nov 28th, 2021

भक्तपुर, मंसिर १२
नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुरारायण दुवाकोट भक्तपुरबाट वीई तहको पढाई पूरा गरेका दुई सय १४ जना इन्जिनियर विद्यार्थीलाई विदाई गरेको छ । वीई सिभिल इन्जिनियरिङका ९५ जना, आर्किटेक्चर इन्जिनियरिङका ४५ जना, वीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका ४७ जना र वीई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङका २७ जना गरी जम्मा दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरुहरुलाई कलेजले शनिबार एक भव्य कार्यक्रम गरी विदाई गरेको हो । कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठलगायतले ती विद्यार्थीहरुलाई टिका, खादा तथा प्रमाणपत्रले सम्मान गरी विदाई गरेको हो ।

कार्यक्रममा कलेजकै सर्वाेत्त्कृष्ट विद्यार्थीको रुपमा दीपेन्द्र खड्कालाई नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरी विशेष सम्मान गरिएको थियो । साथै आर्किटेक्चर इन्जिनियरिङतर्फका सर्वाेत्कृष्ट विद्यार्थी प्रोग्राम टपर युश्रा मलेखू, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फका सर्वाेत्कृष्ट विद्यार्थी प्रोग्राम टपर गणेश ढुंगानालार्ई पनि नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठले कलेजबाट उतीर्ण भई सेवामा गएका विद्यार्थी नै कलेजको ब्राण्ड एम्वेसडर हुने भएकोले पास आउट भई सेवामा गएका विद्यार्थीले सेवाको क्रममा कलेजको नाम राख्ने गरी उत्कृष्ट काम गर्न निर्देशन दिए । कलेजका सहप्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले कलेजबाट वार्षिक सयौं विद्यार्थी इन्जिनियरिङ उतीर्ण गरी जाने जानकारी गराए । कार्यक्रममा कलेजका एकेडमिक कोअर्डिनेटर बाबुराम भटराई, कलेजको विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप विभागका एसोसिएट प्रोफेसर सचिन श्रेष्ठ तथा कलेजका एसोसियट प्राफेसरहरु नसला सायमी, अजयकुमार लाल, अमित शाह, जीतबहादुर बोहरालगायतले पनि आआफनो धारणा राखेका थिए । कार्यक्रममा कलेजका शिक्षिशिक्षिका, कर्मचारी, विद्यार्थी गरी सयौंको सहभागिता रहेको थियो ।