तीन दसमलव २२ अंकले घट्यो नेप्से

Nov 25th, 2021

काठमाडौ, मंसिर ९
नेप्से आज घटेको छ । आज बिहिबार नेप्से सुचक तथा कारोवार रकम दुबै घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज तीन दसमलव २२ अंकले घटेर २७ सय ३१ दसमलव ७८ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव ४५ अंकले बढेर पाँच सय १५ दसमलव ६४ अंकमा चढेको छ । आज दुई सय ३३ वटा कम्पनीहरुको ४७ हजार एक सय १३ पटकको कारोवारमा ७४ लाख ८६ हजार पाँच सय ७५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम तीन अर्ब ७८ करोड ९७ लाख नौ हजार तीन सय ३१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेपनि बाँकी समुहको सुचक घटेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ७७ अंकले बढेर १८ सय १३ दसमलव ७९ अंकमा चढेको छ भने होटल तथा पर्यटन र अन्य समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने ७० दसमलव ८७ अंकले घटेर ५२ सय ३० दसमलव ८७ अंकमा झरेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनममुलक, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा समृद्धि फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मानुुषी लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।