• गृहपृष्ठ
  • वसन्त सापकोटाको संगीतमा ‘पोखरेली नानी’ सार्वजनिक (हेर्नुस् भिडियाे)

वसन्त सापकोटाको संगीतमा ‘पोखरेली नानी’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Nov 25th, 2021

काठमाडौ, मंसिर ९
युवा गायक आयु्ष्मान बिष्टको स्वरमा समावेश ‘पोखरेली नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्ध गरेकाहुन् । गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने संजीव बराइलीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा युवा–युवतीबीचको प्रेम र आकर्षणको कथा भनिएको छ । भिडियोमा कुन्साङ बोम्जन, बिना राउत, दिक्षा रिसाल र स्वयम् गायक आयुस्मान बिस्ट फिचर्ड छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालको भिडियोमा सम्पादन रहेको छ । पुष्पान्जली थापा बिस्ट निर्मात्री रहेको भिडियोलाई अनुप चापागाईको निर्देशनमा तयार पारिएको हो ।

वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक बिष्टले ‘मेरो कलिलो मन’ गीत बाट आफ्नो संगीतको यात्रालाई औपचारिकता दिएका थिए । वरिष्ठ गायक जगत मर्दन थापाको ‘माया लुकाइ लुक्दैन’ एल्बमको बिमोचन कार्यक्रममा गायक तथा गितारिस्टको रुपमा प्रस्तुत भएका उनले गोपाल योन्जनको ७४ औ जन्म जयन्तीको अवसरमा बिस २०७३ सालमा ‘बनेको छ पहराले यो छाती मेरो’ बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए । २०७४ सालको कार्यक्रममा चेतन कार्कीको ‘कान्छी हे कान्छी’ गीतमा वान्स मोर प्रस्तुति दिएर उनले दर्शक स्रोताको मन जितेका थिए ।

बरिष्ठ गायक जगत मर्दन थापाको ‘म मक्किएको धुरी खाबो’ गीति एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिष्टकोरुपमा धमाकेदार प्रस्तुतिले मन्त्र मुग्ध पार्न सफल भएका गायक बिष्टले सानै उमेरमा प्रतिष्ठित गायकहरुसग स्टेज सेयर गरिसकेका छन् । उनको नयाँ भिडियोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।