• गृहपृष्ठ
  • प्रल्हादको शब्द, कल्याणको संगीतमा ‘सितल जुन’ सार्वजनिक (भिडियो)

प्रल्हादको शब्द, कल्याणको संगीतमा ‘सितल जुन’ सार्वजनिक (भिडियो)

Nov 25th, 2021

काठमाडौ, मंसिर ९
मायालु जोडीहरुको एक अर्काप्रतिको बिश्वास र समर्पणलाई समेटेर लेखिएको ‘सितल जुन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार प्रल्हाद शाहको यस गीतमा शब्द रहेको छ ।

गीतमा युवा पुस्ताकि चर्चित गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल फेम्ड गायक आर्यन तामाङको युगल गायन रहेको छ । गीतमा कल्याण सिंहको संगीत रहेको छ भने गोपाल रसाइलीले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

युवायुवती बीचको प्रेम र आकर्षणलाई गीत प्रस्तुत गरिएको भिडियोमा दिपक घिमिरे र पुजा ठाकुरलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । होप इन्टरनेशनलले प्रायोजन गरेको भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो । भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।