• गृहपृष्ठ
  • नेप्सेमा सुधार ,तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

नेप्सेमा सुधार ,तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

Nov 24th, 2021

काठमाडौ, मंसिर ८

नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन घटेको नेप्से आज बुुधबार भने एक दसमलव ८२ अंकले बढेर २७ सय ३४ दसमलव ९३ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २८ अंकले घटेर पाँच सय १५ दसमलव २० अंकमा झरेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ५४ हजार सात सय तीन पटकको कारोवारमा ७४ लाख ४५ हजार दुई सय २७ कित्ता किनबेच भएको छ भने कारोवार रकम चार अर्ब २१ करोड ७४ लाख १५ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव २२ अंकले घटेर १८ सय तीन दसमलव ९१ पुुगेकोमा जीवन बीमा र टे«डिङ समुहको सुचक पनि घटेको छ । बिकास बैंक समुहको सुचक भने ४२ दसमलव ८१ अंकले बढेर ५३ सय तीन दसमलव ८५ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ३५ दसमलव ६८ अंकले बढेर २५ सय ५९ दसमलव ४९ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत, निर्जिवन बीमा, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलबिद्युत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गोर्खाज फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।