• गृहपृष्ठ
  • उषा र लोमुस फिचर्ड ‘एक बचन बोल्दैमा’ सार्वजनिक(भिडियो सहित)

उषा र लोमुस फिचर्ड ‘एक बचन बोल्दैमा’ सार्वजनिक(भिडियो सहित)

Nov 22nd, 2021

काठमाडौ, मंसिर ६
गायक सुदिप कुमार थकालीको ‘रकस्टार’ एल्वममा समावेश ‘उडी जाने पन्छी’ बोलको भिडियोको सफलता पश्चात सोहि एल्वम भित्र संग्रहित गीत ‘एक बचन बोल्दैमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

विगत एक दशक देखि जापानमा बस्दै आएका गायक थकाली शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्तछन् । यसअघि उनले ‘उडी जाने पन्छी’, ’रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’, बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेकाछन् । नयाँ गीतलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।