नेप्से सुधारको दिशामा

Nov 17th, 2021

काठमाडौं, मंसिर १

नेप्से सुधारको दिशामा गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार पनि १६ दसमलव ९५ अंकले बढेर २८ सय एक दसमलव ५२ अंकमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव ९८ अंकले बढेर पाँच सय २५ दसमलव ४४ अंकमा चढेको छ । आज दुई सय २४ वटा कम्पनीहरुको ७७ हजार पाँच सय १८ पटकको कारोवारमा एक करोड १९ लाख ४३ हजार आठ सय ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल सेयर कारोवार रकम सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार आठ सय २० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज सात वटा समुहले कमाएकाछन भने छ वटाले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ७२ अंकले बढेर १८ सय ५९ दसमलव ७८ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ३२ दसमलव ४२ अंकले बढेर २६ सय ८२ दसमलव ५९ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत, होटल तथा पर्यटन, टे«डिङ, अन्य र लघुुबित्त समुहहरुको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज ७५ दसमलव ७९ अंकले घटेर ५५ सय ३४ दसमलव ५१ अंकमा पुग्दा निर्जिवन बीमा, जीवन बीमा, उत्पादमुलक, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पञ्चकन्यामाई हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बोटर्लस नेपाल तराई लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम परेको छ ।