• गृहपृष्ठ
  • नेप्से पुरै हरियो ,सुचक संगै कारोवार रकम पनि बढ्यो

नेप्से पुरै हरियो ,सुचक संगै कारोवार रकम पनि बढ्यो

Nov 16th, 2021

काठमाडौ, कात्तिक ३०

नेप्से पुरै हरियो भएको छ । नेप्से आज मंगलबार ६९ दसमलव २२ अंकले बढेर २७ सय ८४ दसमलव ५७ अंकमा चढेकोमा सेन्सिटिभ पनि १४ दसमलव ९२ अंकले बढेर पाँच सय २१ दसमलव ४६ अंकमा पुगेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको ६९ हजार दुई सय पटकको कारोवारमा एक करोड ९३ हजार दुई सय २१ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब ५२ करोड १६ लाख ५० हजार आठ सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहहरुको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव ३९ अंकले बढेर १८ सय ४६ दसमलव सात अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि एक सय ६४ दसमलव दुई अंकले बढेर तीन हजार दुई सय १२ दसमलव आठ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नेपाल बंगलादेश बैंक लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने बिजय लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक परेको छ ।