सेयर बजारमा पुरै हरियाली

Nov 15th, 2021

काठमाडौ, कात्र्तिक २९

सेयरबजारमा पुरै हरियाली देखिएको छ । साताको दोस्रो दिन आज सोमबार नेप्से २६ दसमलव ४४ अंकले बढेर २७ सय १५ दसमलव ३५ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव १० अंकले बढेर पाँच सय छ दसमलव ५४ अंकमा चढेको छ । दुई सय २८ वटा कम्पनीहरुको ५९ हजार तीन सय १६ पटकको कारोवारमा ८६ लाख ३६ हजार छ सय ३६ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम चार अर्ब ७३ करोड ४६ लाख ५१ हजार चार सय ४३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९६ अंकले बढेर १८ सय ११ दसमलव ६९ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ५७ दसमलव ८४ अंकले बढेर २५ सय ६७ दसमलव ६९ अंकमा पुगेको छ । जलबिद्युुत समुहको सुचक पनि ५० दसमलव पाँच अंकले बढेर तीन हजार ४७ दसमलव ८८ अंकमा पुग्दा बिकास बैंक, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पयर्टन, लगानी, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा बोटर्लस नेपाल तराई लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि महालक्ष्मी बिकास बैंक नै पहिलो स्थानमा परेको छ ।