• गृहपृष्ठ
  • ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक(हेर्नुस् भिडियाे)

‘ओभर डोज’ को ट्रेलर सार्वजनिक(हेर्नुस् भिडियाे)

Nov 14th, 2021

काठमाडौ, कात्र्तिक २८

फिल्म ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक भएको छ । आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्मको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो । फिल्मका निर्देशक सुमन पौडेल हुन् । प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गरेका हुन् ।

निर्माता जीवन कुमार केसीले फिल्म युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण गरेको बताए । फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार, जुनियर मोरेनो हुन् । नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाँहिर बितरण गर्न लागेको हो ।

फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले ‘ओभर डोज’ रिलिज गर्न लागेको बितरक करण श्रेष्ठको भनाई रहेको छ ।