• गृहपृष्ठ
  • सुनिलको ‘हाम्रो सम्बन्ध’ मा करण र हिलारीको रोमान्स (भिडियाे)

सुनिलको ‘हाम्रो सम्बन्ध’ मा करण र हिलारीको रोमान्स (भिडियाे)

Nov 14th, 2021

काठमाडौ, कात्र्तिक २८

लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली) को शब्द शृजना समावेश छन् । सार्वजनिक गीतको एरेन्ज रोमन बज्राचार्यले गरेका हुन् ।अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ ।

त्यस्तै भिडियोमा करण र हिलारीलाई बिक्रम भण्डारी, स्माइली श्रेष्ठ, किशोरी विष्टले अभिनयमा साथ दिएका छन् । एउटा संगीत प्रेमी गितारिष्टको प्रेम कथालाई निर्देशक सुदिप विष्टले कलात्मक शैलीमा तयार पारेका छन् ।निर्देशक विष्टले नै उक्त भिडियोको छायांकन, सम्पादन, कलरिगं गरेका छन् । किरण मगरको कोरियोग्राफी रहेको भिडियोमा कञ्चन कार्कीको मेकअप रहेको छ । भिडियो गायक गिरीको अफिसियल च्यानलबाट बजारमा आएको हो ।