• गृहपृष्ठ
  • आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षकहरु पुरस्कृत

आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षकहरु पुरस्कृत

Nov 13th, 2021

काठमाडौं, कात्र्तिक २७

मित्रराष्ट्र भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका ३ जना प्रहरी निरीक्षक पुरस्कृत भएका छन् ।पुरस्कृत हुनेहरूमा प्रहरी निरीक्षकहरु अनिल थापा, किरण रावत र सिमोन धिताल रहेका छन् । थापालाई उपाधी सहित पुरस्कृत गरिएको हो ।

सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शुक्रबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको हो ।दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो । सन् २०२० डिसेम्बर २८ देखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु किरण रावत, अनिल थापा, सुवास खतिवडा, होम नाथ रेग्मी र सिमोन धिताल गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।