• गृहपृष्ठ
  • चोरीको पल्सर मोटरसाईकल सहित एक व्यक्ति पक्राउ

चोरीको पल्सर मोटरसाईकल सहित एक व्यक्ति पक्राउ

Nov 11th, 2021

काठमाडौ, कात्र्तिक २५

काठमाण्डौंको तार्केश्वरबाट चोरीको मोटरसाईकल सहित एक जनालाई हित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका –४, पुरानो गुहेश्वरीबाट कालो रंङको २०० सी.सी.को एन.एस पल्सर मोटरसाईकलको वास्तविक नम्वर परिवर्तन गरि बा. प्र. ०२–०१८ प ४३०१ नम्वर हालेर चलाइरहेको अबस्थामा किर्तिपुर नगरपालिका वडा नं. २ चाँदनीचोक बस्ने वर्ष २८ को बुद्ध बहादुर तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएकाछन ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर प्र.३–०२–०१० प ६९०३ रहेको खुल्न आएको पनि उनले बताए । पक्राउ भएको मोटरसाइकल २०७७ सालको फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाण्डौं –३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको छ ।