• गृहपृष्ठ
  • रियलमीको फ्लागसिपकिलर “रियलमी जिटी नियो २” नेपालमा सार्वजनिक ,शुरुवाती मूल्य ५१ हजार एक सय ९९ रुपैयाँ मात्र

रियलमीको फ्लागसिपकिलर “रियलमी जिटी नियो २” नेपालमा सार्वजनिक ,शुरुवाती मूल्य ५१ हजार एक सय ९९ रुपैयाँ मात्र

Nov 10th, 2021

काठमाडौ, कात्र्तिक २४

विश्वमा सबैभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड, रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ । जसको मूल्य रु. ५४,१९९ रहेको छ, जसमा ८/१२८ जीबी स्टोरेज रहनेछ । लोकप्रिय फ्लागसिपकिलर रियलमी जिटी लाइनअप मै आधारित यसनियो फ्लागसिपकिलर रियलमी जिटी नियो२ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिनेछ । शुरुका ग्राहकहरुले तोकिएको भन्दा रु.३००० कममूल्य रु. ५१,१९९ मा यो मोवाइलफोन खरीद गर्न पाउनेछन् ।

रियलमी जिटी नियो २ लाई क्वालकम स्नाप ड्रागन ८७० फाईभ जी को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ एमएम चौडाइ ७७५.६ एमएम र उचाइ ८.६ एमएम रहेको छ । क्वालकम स्नापड्रागनले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शन सँगै स्थिरताको अनुभव प्रदान गर्दछ ।

थर्मल जेलले यस फोनलाई शितल राख्दछ । रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ एमएम टु क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ । चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ । एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ । ५००० एमएएच् ब्याट्रीले फोनको बनावटलार्ई समर्थन गर्दछ जसले गर्दा बिनादबाब ब्याट्रीको लाइफ लम्बाइ दिन्छ । यसको ब्याट्रीले ६५ डब्लु सुपरडार्ट चार्जिङलाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ । एक पटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, ८ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्नेछन् ।

यसमा रहेको ट्रिपल क्यामेराले स्पष्ट फोटोहरु खिच्छ । रियलमीकोको स्मार्टफोनमा ई फोर डिस्प्ले रहेको छ जसले अचम्मित पार्ने उत्कृष्ट डिस्प्ले प्रदानगर्दछ । यसैगरी ५०००००ः१ कन्ट्रास्ट रेसियोले अधिकतम १३०० नीटसम्मको ब्राइटनेस दिन्छ ।

नियो जिटीको डिजाइन रियलमी जिटी लाइनअप कै महत्वपूर्ण हाइलाइट हो । यसको नियो ग्रीनरङ्ग प्रविधि र शक्तिको बेजोड संगम हो । नेपालका प्रयोगकर्ताहरुलाई अचम्मित पार्न सक्ने नवीनप्रविधि र सुन्दर डिजाइन रियलमी जिटी नियो २ मा पाउन सकिने छ ।

रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा रु.५१,१९९ को शुरुवाती मूल्यमा अग्रीम बुकिङ्ग गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्तगर्न सक्ने छन् । यस सुविधा अन्तर्गत कार्तिक २८ देखि भाउचर तथा बैँकिङ्ग छुटमा वितरण शुरु हुनेछ तथा अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रीम बुकिङ्ग गर्न सक्नेछन् । रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङ्गमा उपलब्ध हुनेछ ।