• गृहपृष्ठ
  • ‘अल्लारे मन’ मा विपना र विकाशको रोमान्स(हेर्नुस् भिडियाे)

‘अल्लारे मन’ मा विपना र विकाशको रोमान्स(हेर्नुस् भिडियाे)

Nov 9th, 2021

काठमाडौ, कात्र्तिक २३

गायक प्रत्युष श्रेष्ठले आफ्नो डेब्यु म्युजिक भिडियो ’अल्लारे मन’ सार्वजनिक गरेका छन् । यस गीतमा स्वर, शब्द र संगीत स्वयम् श्रेष्ठको रहेको छ । गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा विपना थापा र विकाश जोशी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । साथै भिडियोमा एन्जिला रजक, रिजन श्रेष्ठ, पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ ।

जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन् । छबि लाल तामाङ ( शिशिर) को निर्देशनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

पेशाले न्युरोसर्जन रहेका श्रेष्ठ गीत संगीतमा निकै रुचि राख्छन् । धनकुटा पहाडमा आफ्नो बाल्यकाल बिताएका श्रेष्ठले एमबिबिएसको तयारी गर्दै गर्दा यो गीतको सिर्जना गरेका थिए । साथी भाई र परिवारको हौसलाले यो गीतलाई भिडियोको रुपमा प्रस्तुत गरेको उनि बताउछन् । म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।