• गृहपृष्ठ
  • एकै दिन १९ अंकले घट्यो नेप्से,१० वटा समुहले गुमाउँदा तीन वटाले कमाए

एकै दिन १९ अंकले घट्यो नेप्से,१० वटा समुहले गुमाउँदा तीन वटाले कमाए

Nov 8th, 2021

काठमाडौ, कात्र्तिक २२

नेप्से आज सोमबार उच्च अंकले घटेको छ । आज तिहार बिदा पछि आज खुुलेको नेप्से पहिलो कारोवार दिन नै उच्च अंकले घटेको हो । नेप्से आज १९ दसमलव दुई अंकले घटेर २८ सय २९ दसमलव ६४ अंकमा पुग्दा सेन्सिटिभ पनि दुुई दसमलव ७१ अंकले घटेर पाँच सय २८ दसमलव ७१ अंकमा झरेको छ । दुई सय ३० वटा कम्पनीहरुको ४९ हजार पाँच सय ३० पटकको कारोवारमा ७२ लाख सात हजार तीन सय ९६ कित्ता सेयर किनबेच हुंदा कुुल कारोवार रकम चार अर्ब ४२ करोड सात लाख १९ हजार एक सय तीन रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ९६ अंकले घटेर १८ सय ८३ दसमलव १८ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि १३ दससलव दुई अंकले घटेर ३१ सय ७३ दसमलव १० अंकमा पुगेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३७ दसमलव ३७ अंकले घटेर १२ हजार नौ सय ५५ दसमलव पाँच अंकमा पुगेको छ । बिकास बैंक, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । यि बाहेक फाईनान्स, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा साहस ऊर्जा लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सर्पोट माईक्रो फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक परेको छ ।