• गृहपृष्ठ
  • जुवातास खेलीरहेको अवस्थामा चार लाख ४३ हजार तीन सय पाँच रुपैयाँ सहित १६ जना पक्राउ

जुवातास खेलीरहेको अवस्थामा चार लाख ४३ हजार तीन सय पाँच रुपैयाँ सहित १६ जना पक्राउ

Nov 7th, 2021

काठमाडौ, कात्र्तिक २१

जुवातास खेलीरहेको अवस्थामा चार लाख ४३ हजार तीन सय पाँच रुपैयाँ सहित १६ जना पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार यही कात्र्तिक २० गते अन्दाजी २१ बजेको समयमा काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप स्थित शंकर थापाको घरमा पैसाको हार जित हुने गरी जुवा तास खेली रहेको भन्ने विशेष सुचना प्राप्त भए पश्चात महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा टोली खटिई गई चेकजाच गर्दा १६ जना भेला भई हार जित हुने गरी जुवा तास खेलीरहेको अबस्थामा पक्राउ गरिएको हो ।

उक्त जुवा खेल्ने १६ जनालाई नियन्त्रणमा लिई शरीर तथा घरकोठा खानतलासी गर्दा जुवाको खालबाट दुई लाख ६९ हजार नौ सय ६५ रुपैयाँ नगद रकम र पक्राउ परेका १६ जना मानिसहरुको साथबाट एक लाख ८३ हजार तीन सय ४० रुपैयाँ गरी जम्मा नगद रकम चार लाख ४३ हजार तीन सय पाँच रुपैैयाँ तथा जुवा खेल्न प्रयोग भएको गलैचा थान १, तास ६३४ पत्ती समेत बरामद भएको छ । उनीहरु उपर महानगरीय प्रहरी बृत्त थानकोटले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यि हुुन पक्राउ पर्ने व्यक्तिहरु
१. जि.काठमाण्डौ चन्द्रागिरी न.पा. १३ पुरानो नैकाप घर भई बस्नेबर्ष५२ को पुष्कर थापा
२. ऐ.ऐ. स्थानघर भई बस्ने बर्ष ४६ को पूर्ण बहादुर बस्नेत
३. ऐ.ऐ. स्थानघर भई बस्ने बर्ष ४१ को सुदर्शन बिडारी
४.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४६ को लव कार्की
५.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४४ को सुदामा के.सी.
६.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ३१ को बिजय बुढाथोकी
७.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ५० को रबिन्द्र थापा
८.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४३ को राजन खत्री
९.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ३६ को विश्वास जंग कार्की
१०.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४० को सन्जु थापा
११.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ३८ को निरन्जन शाह ठकुरी
१२.काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. १४ घर हुने बर्ष ४१ को शंकर थापा
१३.ऐ.ऐ. स्थान घर भईबस्ने बर्ष ४४ को अष्टमान महर्जन
१४. काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. १२ घर हुने बर्ष ३७ को निरञ्जन के.सी.
१५.जिल्ला दैलेख दन्नु न.पा. वडा नं. ११ घर भई हाल काठमाण्डौ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. १३ बस्ने बर्ष ४७ को गणेश रसाईली
१६.जिल्ला काभ्रे पाँचखाल न.पा. वडा नं. ११ घर भई हाल काठमाण्डौ जिल्ला दक्षिणकाली न.पा. वडा नं. १ बस्ने बर्ष ३६ को कुमार बहादुर मगर