नेप्सेमा पाँच अंकले बृद्धि

Nov 3rd, 2021

काठमाडौ, कात्र्तिक १७

नेप्से पाँच अंकले बढेको छ । आज बुधबार नेप्से पाँच दसमलव २२ अंकले बढेर २८ सय ४८ दसमलव ८४ अंकमा पुग्दा सेन्सिटिभ भने शुन्य दसमलव ५२ अंकले घटेर पाँच सय ३० दसमलव ८९ अंकमा पुगेको छ । दुुई सय २९ वटा कम्पनीहरुको ६१ हजार सात सय ४५ पटकको कारोवारमा ९९ लाख ९५ हजार पाँच सय २२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव आठ अंकले बढेर १९ सय दुई दसमलव ६१ अंकमा चढेकोमा बिकास बंैंक, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुुबित्त र सामुुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन । निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन र लगानी समुहहरुको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा महालक्ष्मी बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा छ्याङदी हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक परेको छ ।