• गृहपृष्ठ
  • नेप्सेमा उच्च बृद्धि ,गुमाउने समुह भन्दा कमाउने समुह धेरै

नेप्सेमा उच्च बृद्धि ,गुमाउने समुह भन्दा कमाउने समुह धेरै

Nov 2nd, 2021

काठमाडौ, कात्र्तिक १६

नेप्से बढेको छ । आज मंगलबार नेप्से २३ दसमलव ७६ अंकले बढेर २८ सय ४३ दसमलव ६२ अंकमा चढेकोमा सेन्सिटिभ पनि दुुई दसमलव ८४ अंकले बढेर पाँच सय ३१ दसमलव ४२ अंकमा चढेको छ । आज दुई सय ३० वटा कम्पनीहरुको ५९ हजार आठ सय ८१ पटकको कारोवारमा ९९ लाख ७७ हजार चार सय ८३ कित्ता सेयर किबेच भएकाछन भने कुलु सेयर कारोवार रकम छ अर्ब सात करोड ३७ लाख १६ हजार आठ सय ८८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहल गुमाएकाछन भने १० वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक, टे«डिङ र लगानी समुहको सुचक घटेकाछन भने बिकास बैंक समुहको सुचक एक सय ९१ दसमलव ३३ अंकले बढेर पाँच हजार छ सय ५६ दसमलव ८५ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि ४८ दसमलव २१ अंकले बढेर ३१ सय ६३ अंकमा चढेकोमा फाईनान्स, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सहास ऊर्जा लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने महालक्ष्मी बिकास बैंक परेको छ ।