• गृहपृष्ठ
  • रियलमीले चाँडै नेपाली बजारमा नयाँ फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत ‘जीटी नियो २’ ल्याउँदै

रियलमीले चाँडै नेपाली बजारमा नयाँ फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत ‘जीटी नियो २’ ल्याउँदै

Nov 2nd, 2021

काठमाडौ, कात्र्तिक १६

तिव्रगतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ ।

जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । अधिकांस स्मार्ट फोनहरुले जीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्, रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पुरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज लिएर आउँदैछन् । चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाखभन्दा धेरै विक्री भइसकेको छ ।

नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीजको रियलमी जीटी नियो २ मा क्वालकम स्नाप ड्रागन ™ ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा– हाइनमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ जसको घोषणा सामाजिक सञ्जालमार्फत रियलमीकाको सीएमओ र चेसले गरेको थियो ।

डिजाइन सधैं रियलमी जीटी सिरीजको महत्वपुर्ण पक्ष रहेको छ, र यसपटक रियलमी जीटी नियो २उच्चप्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्नको लागि आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ । मूल्य घटाउनको लागि जीटी नियो २ ले गुणस्तरमा सम्झौता गर्देन । सुपथ मूल्यमा समग्र रुपमा सुझबुझका साथ फरक दृष्टिकोण लिएर फ्लागसिपको आकर्षक अनुभव प्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउँदैछ ।