• गृहपृष्ठ
  • नेपाली निर्देशकको लेखन तथा निर्दशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक

नेपाली निर्देशकको लेखन तथा निर्दशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक

Nov 1st, 2021

काठमाडौ, कात्र्तिक १५

नेपाली निर्देशक अनुप थापाको लेखन तथा निर्देशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र नोभेम्बर १९ देखि भारत सहित अन्य केहि देशमा चलचित्र रिलिज हुदैछ । आफ्नो निर्देशनमा रहेको बलिउड चलचित्रलाई लिएर उत्साहित रहेको निर्देशक थापा बताउछन । चलचित्रले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ ।

कमेडी शैलीको चलचित्रमा वीरज राव, मनुकृति पह्वा, मनिक्क चौधरी, सिमा पह्वा, ब्रिजेंद्र कला लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । यस्तै शिवम अग्रवाल निर्माता रहेको चलचित्रमा शकिल ए खानको छायांकन, सुन्दर पठुरीको सम्पादन, गौरवको भीएफएक्स, मजोजको कलर, गीतान्जली भारतीको कस्टूम डिजाइन देख्न सकिन्छ । चलचित्रलाई टुइडिएट म्युजिकले बजारमा ल्याउदै छ ।