नेप्सेमा पहिलो दिन नै हरियाली

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

नेप्सेमा हरियाली छाएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ५५ दसमलव पाँच अंकले बढेर २८ सय ३७ दसमलव ६१ अंकमा चढेकोमा सेन्सिटिभ नौ दसमलव ४६ अंकले बढेर पाँच सय ३० दसमलव ४६ अंकमा चढेको छ । आज दुई सय ३२ वटा कम्पनीह्रुको ८१ हजार नौ सय ३५ पटकको कारोवारमा एक करोड ३८ लाख ९९ हजार तीन सय २२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब ८२ करोड ३२ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये जलबिद्युुत समुहको सुचक एक सय ६६ दसमलव ३४ अंकले बढेर ३१ सय ८८ दसमलव ९४ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक छ सय तीन दसमलव तीन अंकले बढेर १३ हजार ९५ दसमलव ४६ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा युनाईटेड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुणखोला जलबिद्युुत कम्पनी परेको छ ।