• गृहपृष्ठ
  • नरेशको स्वर, केदारको शब्दमा ‘जब तिमी’ सार्वजनिक(भिडियो)

नरेशको स्वर, केदारको शब्दमा ‘जब तिमी’ सार्वजनिक(भिडियो)

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो ‘जब तिमी’ सार्वजनिक भएको छ । उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् ।

हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ। जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा बीचको अनस्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ । सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । किरण राईको निर्देशनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।