• गृहपृष्ठ
  • ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजितालाई

‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजितालाई

Oct 31st, 2021

काठमाडौ, कात्र्तिक १४

‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेत जितेकी छन् । शनिबार साँझ राजधानीको होटल याक एन्ड यतिमा आयोजित ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिन सफल भएकी हुन् ।दुई सवटाइटल समेत जितेकी विजेता बस्नेतले १० लाख नगद प्राप्त गर्दै हिरा जडित ताज लगाउन सफल भइन् । गत बर्षकी ‘मिस युनिभर्स नेपाल’ विजेता अंशिका शर्माले उनलाई ताज पहिर्याएकी थिइन् ।

उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्तमा विजेता घोषणा गरिएको कार्यक्रम उमङ्ग क्रियसन आयोजक र प्रशोधन कम्पनि ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगीतामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, डा. केशु खड्का फोर्थ रनरअप घोषित भए ।विजेता बस्नेत आगामि १२ डिसेम्बरमा इजायलमा आयोजना हुने बिश्व चर्चित अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । बिभिन्न उप शिर्षकमा विजेता समेत छानिएको प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत रहेका थिए ।

गतवर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा उनी पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै ‘मिस युनिभर्स’ सहभागी भएकी थिइन् ।सोही प्रतियोगीतमा नेपालको प्रतिनिधि पठाउने उदेश्यले उनले गतबर्षबाट ‘मिस युनिभर्स’ नेपाल आयोजना थालेकी हुन् ।