• गृहपृष्ठ
  • अस्ट्रेलियाबाट हिमानीले ल्याईन ‘जेनेरेसन’(हेर्नुस् भिडियाे)

अस्ट्रेलियाबाट हिमानीले ल्याईन ‘जेनेरेसन’(हेर्नुस् भिडियाे)

Oct 30th, 2021

काठमाडौ, कात्र्तिक १३

आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ । गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठ को अभिनय रहेको छ ।

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो । आरोन कान निर्माता रहेको भिडियोलाई ब्ल्याक आइ क्रियसनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।