• गृहपृष्ठ
  • नेपालको बजारमा चेरी टिग्गो ४ प्रो एस यू भि

नेपालको बजारमा चेरी टिग्गो ४ प्रो एस यू भि

Oct 29th, 2021

काठमाडौ, कात्र्तिक १२

शारदा ग्रुप अन्तर्गतको कम्पनी एस.पि.जी. अटोमोवाईल्स प्रा.लि.नेपालमा चेरी अटोमोवाइल्स् कम्पनी लिमिटेडको आधिकारिक वितरकको रुपमा नियुक्त भएको छ । एस.पि.जी. अटोमोबाइलस्ले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एस यूभि लन्च गरेको छ ।

चेरी टिग्गो ४प्रो एसयूभि तीन भेरियन्टमा उपलब्ध छ । १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेच्यूरल्ली एस्पिरेटेड सिभिटि र १.५ लि. टर्बो चार्जड ९ स्पीड गिएर बक्स सिभिटि इन्जिन । नेच्यूरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट (११५ पि.एस.) र १३८ एन.एम. को अधिकतम टर्क उत्पादन गर्दछ भने १.५ लि. टर्बो चार्जड सि.भि.टि इन्जिनले अधिकतम पावर ११५ किलो वाट (१४७पि.एस.) तथा अधिकतम पावर २१० एन. एम. को अधिकतम टर्क उत्पादनगर्दछ । टिग्गो ४ प्रो को प्रमाणित माइलेज १४.७ कि.मि. प्रति लिटर रहेको छ ।

नयाँ टिग्गो ४ प्रो एसयूभिमा ४३१८ एम. एम लम्बाई, १८३० एम.एम. चौडाई, २६१० एम.एम. व्हीलबेस र १६७० एम.एम.को उचाँई रहेको छ । टिग्गो ४ प्रोएसयूभि को ग्राउण्ड क्लियरेन्स २०० एम.एम. रहेको छ । यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध छ ।

नयाँ टिग्गो ४ प्रोएसयूभि मा नयाँ फ्रण्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ । यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टि व्हील समावेश गरिएको छ । यसका साथै डायमण्ड इन्टेक ग्रिल, क्रिस्टल डायमण्ड लेन्स एलईडि हेडलाइट, जी–टाइप डि.आर.एल. र साइड स्कर्टले स्पोर्टि लुक्स् प्रदान गर्न मद्दत गरेको छ । टिग्गो ४ प्रो एसयूभिमा पावरड सनरुफका साथै ड्राइभर सिटमा ६ वे एडजस्टमेण्ट लेदर सिट पाउन सकिन्छ ।

चेरी टिग्गो ४ प्रो एसयूभिको ईन्टेरिएर सरल र आकर्षक छ । यसमा डि– टाईप ३ स्पोक मल्टिफंक्सनल स्टेरिङ्ग व्हील, ७ इन्चएल.सि.डि मिटर, एप्पल कार प्ले र एन्ड्रोेइड अटो सहितको १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रीन, रियर आर्मरेस्ट र सेकेण्ड रो एसिभेण्ट जस्ता विशेषताहरु छ । टिग्गो ४ प्रोएसयूभि मा पुश स्टार्ट बटन र पि.इ.पि. एस. रिमोट स्टार्ट प्रणाली समावेश गरिएको छ ।

टिग्गो ४ प्रो एसयूभिमा सुरक्षाको दृष्टिकोणले लागि ६ रिङ्ग एयर व्याग, ए.वि.एस. ई.वि.डि, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्राम, टि.सि.एस सिस्टम, इमर्जेन्सी ब्रेक असिस्ट, रोल स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट (कन्ट्रोल), डाइरेक्ट टाएर प्रेसर मोनिटरिङ्ग प्रणालीका साथै बच्चाहरुको सुरक्षाका लागि सबै चारवटै झ्याल र ढोकाहरुमा एन्टी पिन्च लकहरु राखिएको छ ।नयाँ टिग्गो प्रो एसयूभिले ई.पि.बि. का साथै अटो होल्ड प्रविधि अपनाएको छ । टिग्गो ४ प्रो एसयूभि विभिन्न ६ रङ्गमा उपलब्ध छ । आइ सि एक्स ब्लू, जेवेल रेड, नास्ड्याक सिल्भर, न्यू खाकी रेड, सेलाडोन ऐस, कार्बन क्रिस्टल ब्ल्याक्
चेरीको संक्षिप्त परिचय
चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको थियो । यो चीनमा अवस्थित ग्लोबलाइज अटोमोबाइल ब्राण्ड हो । विगत २० वर्षमा, चेरीले पाँच वटा विश्वव्यापी अनुसन्धान र विकास आधारहरु मार्फत ५,५०० भन्दा बढी ब्यक्तिहरुको अनुसन्धान र विकास टोली स्थापना गरिसकेका छन्, र चिनियाँ अटोमोबाइल ब्राण्डहरु मध्ये इन्जिन, ट्रान्समिसन, चेसिस र अन्य मुख्य प्रविधिहरुको सबै भन्दा शक्तिशाली अनुसन्धान र विकास क्षमता छ । चेरी संसारमा सवारी साधन, सीकेडी पार्टस, इन्जिन र सवारी साधन निर्माण प्रविधि र उपकरण निर्यात गर्ने पहिलो चिनियाँ अटोमोबाइल कम्पनी पनि हो । अहिलेसम्म, चेरीले ८० भन्दा बढी देश र क्षेत्रहरुमा आफ्ना सवारी साधनहरु निर्यात गरिसकेको छ, र १० विदेशी कारखानाहरु, १५०० भन्दा बढी विदेशी डिलरहरु र सेवा आउटलेटहरु स्थापना गरिसकेका छन्, । विश्वभर करिब ९.७ मिलियन प्रयोगकर्ताहरु सहित, निर्यात गरिएका यात्रु कारहरुको संख्यामा पहिलो स्थानमा छ ।

चेरीको विश्वव्यापी विक्रीमा ठूलो बृद्धिले विश्वव्यापी उपभोक्ताहरुको प्रो श्रृंखलाप्रतिको मायाँ दर्शाउँछ । प्रो श्रृंखलाका विशिष्ट प्रो सुविधाहरुले अटोमोटिभ फेसन, प्रविधिका लागि विश्वव्यापी उपभोक्ताहरुको नयाँ अपेक्षाहरु पूूरा गर्दछ । सन् २०२१ मा चेरी र जगुआर ल्यान्ड रोभर मोटर्सले संयुुक्त रुपमा चेरी जगुआर ल्यान्ड रोभर मोटर्स कम्पनी लिमिटेड स्थापनामा लगानी गरेको छ ।

SNModelMRP(Rs)
1Tiggo4 Pro 1.5L   4,620,000.00
2Tiggo4 Pro 1.5L CVT   5,250,000.00
3Tiggo4 Pro 1.5T “Turbo” CVT   5,840,000.00