• गृहपृष्ठ
  • आइवार्ट सर्ट फिल्म फेष्टीबल २०२१ हँुदै, खुल्यो आवेदन

आइवार्ट सर्ट फिल्म फेष्टीबल २०२१ हँुदै, खुल्यो आवेदन

Oct 26th, 2021

काठमाडौ, कात्र्तिक ९

रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइनमा कार्यरत महिला संचारकर्मीहरुको अन्तराष्ट्रिय छाता संगठन आइवार्ट नेपाल च्याप्टरर्ले तेस्रो आइवार्ट सर्ट फिल्म फेष्टिबल २०२१’को आवेदन खुल्ला गरेको छ ।

फिल्म निर्माण, निर्देशन, लेखन लगायतका क्षेत्रमा महिलाको सहभागिता बढाउन सन् २०१८ बाट फिल्म फेष्टिबल आयोजना हँुदै आएको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष मन्टेश्वरी राजभण्डारीले बताइन् । सर्ट फिल्म फेष्टिबलमा सहभागिताको लागि, ३ देखि १५ मिनेटसम्मको फिल्म हुनपर्ने, महिला निर्देशक हुनपर्ने, फिल्म एफएचडी फरम्याटमा हुन पर्ने छ । फिल्मको लागि नोभेम्बर १६ तारिखसम्म डेटलाइन रहेको सर्ट फिल्म फेष्टीबलकी संयोजक इच्छा गुरुङले बताइन् ।

फेष्टीबलमा फिल्म बिषयमा अध्ययनरत बिधार्थीहरु, संचारकर्मी, तथा फिल्म निर्माणमा रुची भएका बिभिन्न क्षेत्रमा आबद्घ भएकाहरुले फिल्म सहभागीता जनाउदै आएका छन् । बिश्वब्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण २०१९ बाट फिल्म फेष्टीबल भर्चुवल माध्यमबाट हदै आएको र यस बर्ष पनि भर्चुअल माध्यमबाट नै हुने आयोजकले जनाएको छ ।गतबर्ष संगीता श्रेष्ठर्को आइसक्रिम’ र रजिला श्रेष्ठर्को लाखे’ बिजेता बनेका थिए भने निशा मानन्धरर्को आइएम अ फाइटर’ फष्र्ट रनर अप भएका थिए ।