• गृहपृष्ठ
  • शनिबार थप ५१३ जनामा कोरोना सङ्क्रमण, ८१७ जना डिस्चार्ज, आठ को मृत्यु

शनिबार थप ५१३ जनामा कोरोना सङ्क्रमण, ८१७ जना डिस्चार्ज, आठ को मृत्यु

Oct 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ६ कात्तिक

शनिबार थप ५१३ नामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ६ हजार ९३१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख आठ हजार ५३४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ९३१ जनाको परीक्षण भएको छ । हालसम्म ४३ लाख ६२ हजार ४५१ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ८१७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८१७ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ८६ हजार ६३० पुगेको छ ।

थप आठ को मृत्यु

पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३४५ पुगेको छ।