• गृहपृष्ठ
  • मन्त्री श्रेष्ठसँग स्वीट्जरल्याण्डका राजदुत केप्लरको शिष्टाचार भेट

मन्त्री श्रेष्ठसँग स्वीट्जरल्याण्डका राजदुत केप्लरको शिष्टाचार भेट

Oct 23rd, 2021

काठमाडौ, कात्र्तिक ६
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेकाछन । शुक्रबार स्वीट्जरल्याण्डका राजदुत इलिजावेथ भोन केप्लरले सिंहदरबारस्थित कार्यकक्षमा मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेका हुुन ।

भेटमा राजदुत केप्लरलेमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नेपाल–स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको चर्चा गर्दे मन्त्री श्रेष्ठले दुई देशबीच नजिकबाट सहकार्य हुँदै आएको बताए । राजदुत केप्लरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझ प्रगाढ बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।