• गृहपृष्ठ
  • इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको सहज जित

Oct 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ५ असोज

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पर्टी,पियरे एमरिक औबामेयाङ र जेएमिल स्मिथ रोवेले एक-एक गोल गरे ।एस्टन भिल्लाका जाकोब रामसेले एक गोल गरे ।

खेलको २३ औँ मिनेटमा थोमस पर्टीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयको छैठौं मिनेटमा पियरे एमरिक औबामेयाङले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५६ औं मिनेटमा एमिल स्मिथ रोवेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ८२ औं मिनेटमा एस्टन भिल्लाका जाकोब रामसेले गोल गर्दै ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र आर्सनलले जित निकालेको हो

जितसँगै आर्सनलले नौ खेलबाट १४ अंक जोडेको छ र तालिकाको नवौं स्थानमा उक्लिएको छ ।पराजित एस्टन भिल्लाको नौ खेलबाट १० अंक छ र तालिकाको १३ औं स्थानमा छ ।