• गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१”बाट सम्मानित

मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१”बाट सम्मानित

Oct 22nd, 2021

काठमाडौ, कात्र्तिक ५

मुक्तिनाथ बिकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम (आईएफसी) तथा एसएमई फाईनान्स फोरमद्धारा आयोजना गरेको र जि २० ग्लोवल पार्टनरसीप फर फाईनान्सीयल इन्क्लुजन (जिपिएफआई) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१”द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानित भएको हो । सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।
साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई एसएमई फाईन्सीयर अफ दि एयर एशिया विधामा सम्मानित भएको हो । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेशीनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।