• गृहपृष्ठ
  • डिजाइन र टेक्नोलोजीमा नम्बर १ चांगन अटो, अब सेफ्टीमा पनि अग्रस्थानमा,युनि–टीले सी–एन.सी.ए.पीको मूल्यांकनमा प्राप्त गर्यो ५ स्टार सुरक्षा मापदण्ड

डिजाइन र टेक्नोलोजीमा नम्बर १ चांगन अटो, अब सेफ्टीमा पनि अग्रस्थानमा,युनि–टीले सी–एन.सी.ए.पीको मूल्यांकनमा प्राप्त गर्यो ५ स्टार सुरक्षा मापदण्ड

Oct 22nd, 2021

काठमाडौ, कात्र्तिक ५

भविष्य उन्मुख निर्माताकोरूपमा मानिएको चांगन युनि–टीले १५ सेप्टेम्बर, २०२१ मा सुरक्षा दुर्घटना परीक्षण आकलन परिणाममा, सी.ए.टी.ए.आर.सी (चाइना अटोमोटिभ टेक्नोलोजी र रिसर्च सेन्टर) द्वारा ५ स्टार सुरक्षा मापदण्ड हासिल गर्न सफल भएको छ ।

चांगन अटो उच्चस्तरीय डिजाइन र प्रविधिको सन्दर्भमा निकै प्रतिष्ठित छ। सी.ए.टी.ए.आर.सी द्वारा ५ स्टार प्रमाणीकरण प्राप्त गरेपछि, चांगनले अब सुरक्षाको रूपमा अर्को विशेषज्ञता समेटेको छ । विश्व प्रख्यात, चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो अब छिट्टै नेपालमा आफ्नो विभिन्न प्रिमियम गाडीहरुका साथ आउदै छ ।