• गृहपृष्ठ
  • नेपाल बैंकका सञ्चालकद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

नेपाल बैंकका सञ्चालकद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण

Oct 22nd, 2021

काठमाडौ, कात्र्तिक ५

नेपाल बैंकका सञ्चालकले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकाछन । बैंकका अनुसार सञ्चालक समिति सदस्य पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भई आएकाछन । नवनियुक्त सञ्चालकले यही कात्र्तिक चार गतेका दिन सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुुन ।

शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष अर्यालले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागतगर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य र शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।
ततपश्चात् नवनियुक्त सञ्चालक सदस्य र शाक्यले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दे आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे । शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतर कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।