हेर्नुस् आजको सुनचाँदीको मूल्य

Oct 22nd, 2021

आधारभूमि संवाददाता
काठमाडौ, ५ कात्तिक


सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार २०० तोकेको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु १० ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० तोकेको छ । यस अघि बिहीबार चाँदी प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो ।