• गृहपृष्ठ
  • सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा

Oct 22nd, 2021

काठमाडौ, ५ कात्तिक

सानिमा बैंक लिमिटेडले बिहिबार काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।
चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्तरुपमा गरेका हुुन । यसैगरी बालकोट कार्यालयको समुद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिकावडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्तरुपमा गरेका हुुन ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशको सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेकाछन् ।