• गृहपृष्ठ
  • सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

Oct 21st, 2021

काठमाडौ, कात्र्तिक ४

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ न. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।